ने.
EN

नेपालको सार्वजनिक र सञ्चार क्षेत्रमा गलत/भ्रामक सूचनाविरुद्धको सशक्तीकरण

नेपालमा गलत/भ्रामक सूचनाहरूको सामना गर्न सामग्री सिर्जनाकर्ताहरूलाई सशक्त बनाउन तीन-दिने बुटक्याम्पमा सहभागी हुनुहोस्। यस कार्यक्रममा सहभागी भएर, तपाईंले व्यावहारिक तालिम, विज्ञहरूको मार्गदर्शन, र प्रभावशाली व्याख्यात्मक भिडियोहरू तथा भक्स पप सामग्री निर्माण गर्ने अवसर पाउनुहुनेछ।

यस महत्वपूर्ण पहलको हिस्सा बन्नका लागि आजै आवेदन दिनुहोस्।

संयुक्त रूपमा सुरु गरिएको

कार्यक्रमको संक्षिप्त विवरण

अमेरिकी दूतावास, नेपालले समर्थन गरेको “नेपालको सार्वजनिक र सञ्चार क्षेत्रमा गलत/भ्रामक सूचनाविरुद्धको सशक्तीकरण” परियोजनाले नेपालको सामग्री सिर्जनाकर्ताहरूलाई गलत/भ्रामक सूचनाको फैलावटविरूद्ध सामना गर्न सशक्त बनाउनेछ। यस परियोजनामा एक बुटक्याम्प समावेश हुनेछ, जसमा चयन गरिएका सिर्जनाकर्ताहरूले ६ वटा संवेदनशील मुद्दाहरू– विपद्, स्वास्थ्य संकट, वैदेशिक सहायता, सीमान्तीकृत समुदायको समस्या, जलवायु परिवर्तन, र निर्वाचनमा फैलिने गलत/भ्रामक सूचनालाई सम्बोधन गर्ने ६ वटा व्याख्यात्मक भिडियो र ७ वटा छोटो भिडियो सामग्री तयार गर्नेछन्। चयन गरिएका सहभागीहरूले विशेष प्रशिक्षण, परामर्श, र सामग्री उत्पादनको माध्यमबाट जनतालाई शिक्षित गर्ने र गलत/भ्रामक सूचनाबारे जनचेतना बढाउने सामग्री निर्माण गर्नेछन्।

कार्यक्रमले समुदायमा उल्लेखनीय पहुँच भएका सामग्री सिर्जनाकर्ताहरूलाई लक्षित गरेको छ र सीमान्तकृत तथा अल्पसंख्यक समूहका व्यक्तिहरूलाई आवेदन दिन आमन्त्रित गर्दछ। स्थानिय गलत/भ्रामक सूचनाका प्रवृत्तिहरूमा केन्द्रित भएर, यस परियोजनाले नेपालकै सञ्चार क्षेत्रमा सुदृढता निर्माण गर्न खोजेको छ। यसको मुख्य उद्देश्य भनेको सार्वजनिकलाई गलत/भ्रामक सूचनाबाट जोगाउनु, र देशलाई प्रभाव पार्ने महत्वपूर्ण विषयहरूमा सूचित निर्णय लिन प्रोत्साहन गर्नु हो।

विषयगत क्षेत्रहरू

विपद्

स्वास्थ्य संकट

वैदेशिक सहायता

सीमान्तकृत समुदाय

जलवायु परिवर्तन

निर्वाचन

के तपाईंलाई थाहा छ?

५२% सामग्री सिर्जनाकर्ताहरूले आफ्नो सूचनाको अनुसन्धान गर्न अनलाइन खोजहरूमा निर्भर गर्दछ।

(स्रोत: दर्शक विश्लेषण सर्वेक्षण, यूथ इनोभेसन ल्याब)

सहभागीका लागि मापदण्ड

व्याख्यात्मक भिडियो सामग्री सिर्जनाकर्ताहरूको लागि योग्यता मापदण्ड

  • आवेदक नेपाली युवा हुनुपर्छ, उमेर १८ वर्ष वा सोभन्दा बढी।

  • नेपालका सात प्रदेशहरूमध्ये कुनै एकमा बसोबास गर्नुपर्छ र स्थानिय सञ्चार क्षेत्रको गहिरो बुझाइ हुनुपर्छ।

  • कम्तीमा १ लाख सदस्य/अनुयायी भएको, गत तीन महिनामा औसतमा १ लाख दृश्यता र विशेषगरी भिडियो सामग्री उत्पादनमा अनुभव भएको हुनुपर्छ। आवेदकहरूले उनीहरूको अनुभव र दक्षताा प्रदर्शन गर्ने कम्तिमा २-३ वटा व्याख्यात्मक भिडियोहरूको लिङ्कहरू सहित विगतको कामको पोर्टफोलियो प्रदान गर्नुपर्छ।

  • सार्वजनिक र पहुँचयोग्य सामाजिक संजाल प्लेटफर्महरूमा अनुयायी/सदस्यहरूको साथमा बलियो अनलाइन उपस्थिति हुनुपर्छ। यसले सामग्रीलाई फराकिलो दर्शकसमक्ष पुर्याउन र जनतासँग अन्तरक्रिया गर्न सक्षम बनाउँछ।

  • सञ्चार, मिडिया, र सामग्री सिर्जनाका स्वरूपहरूको राम्रो ज्ञान आवश्यक छ। नेपालीमा उत्कृष्ट सञ्चार कौशल हुनु अनिवार्य छ। प्रभावकारी पहुँच सुनिश्चित गर्न स्थानीय भाषाको ज्ञानलाई प्राथमिकता दिइन्छ।

  • गलत/भ्रामक सूचनाको विरोध गर्न उत्साही र भ्रामक समाचारलाई हटाउन प्रतिबद्ध हुनुपर्दछ।

  • विपद्, स्वास्थ्य संकट, वैदेशिक सहायता, सीमान्तीकृत समुदायको समस्या , जलवायु परिवर्तन, र निर्वाचन जस्ता तोकिएका विषयहरूमा व्याख्यात्मक भिडियोहरू बनाउन इच्छुक हुनुपर्छ।

प्रादेशिक भिडियो सामग्री सिर्जनाकर्ताहरूका लागि योग्यता मापदण्ड

  • आवेदक नेपाली युवा हुनुपर्छ, उमेर १८ वर्ष वा सोभन्दा बढी।

  • नेपालका सात प्रदेशहरूमध्ये कुनै एकमा बसोबास गर्नुपर्छ र स्थानिय सञ्चार क्षेत्रको गहिरो बुझाइ हुनुपर्छ।

  • विविध सार्वजनिक विचारहरू समेट्नका लागि स्थलगत अन्तरवार्ता गर्ने वा भोक्स पप शैलीका भिडियोहरू उत्पादन गर्ने अनुभव प्राथमिकता दिइन्छ। साथै, सामग्री सिर्जनामा तपाईंको विगतको कामको पोर्टफोलियो पेश गर्नु अनिवार्य छ।

  • जनमानसमा पहुँच बनाउन र अन्तरक्रिया गर्न सक्षम, सक्रिय, सार्वजनिक र पहुँचयोग्य सामाजिक संजाल खाता हुनुपर्छ, जसमा राम्रो संख्या अनुयायीहरू रहेको हुनुपर्छ।

  • विविध स्थानीय समुदायहरूसँग विशेषगरी सीमान्तकृत वा अल्पसंख्यक समूहहरूसँग अन्तरक्रिया गर्न सांस्कृतिक संवेदनशीलता र क्षमताको प्रदर्शन गर्न सक्नुपर्छ। समुदायमा पहुँच बढाउने अनुभवलाई उच्च मूल्याङ्कन गरिनेछ।

  • विपद्, स्वास्थ्य संकट, वैदेशिक सहायता, सीमान्तीकृत समुदायको समस्या , जलवायु परिवर्तन, र निर्वाचनजस्ता मुख्य विषयहरूमा गलत/भ्रामक सूचनासम्बन्धि जनताको विचार समेट्ने छोटा, आकर्षक भिडियोहरू बनाउन इच्छुक हुनुपर्छ।

  • स्थानिय दर्शकहरूसँग मेल खाने र विद्यमान गलत/भ्रामक सूचनाको समस्या सम्बोधन गर्ने सांस्कृतिक रूपमा सान्दर्भिक सामग्री बनाउन सक्नुपर्नेछ।

  • नेपाली भाषामा सशक्त सञ्चार कौशल हुनु अनिवार्य छ। स्थानिय भाषाको ज्ञान भएको लाई प्राथमिकता दिइन्छ।

info

नोट: हामी LGBTQI+ समुदाय, सीमान्तकृत समुदायहरू, अपाङ्गता भएका व्यक्तिहरू, तथा धार्मिक र जातीय अल्पसंख्यक समुदायहरूबाट आवेदनहरूलाई प्रोत्साहन गर्छौं।

भिडियो सामग्री सिर्जनाकर्ताहरूको लागि कार्यक्रम लाभहरू

समग्र बुटक्याम्प र सीप विकास 

सबै सामग्री सिर्जनाकर्ताहरूले बुटक्याम्पमा भाग लिनेछन् जसले व्याख्यात्मक भिडियो सिर्जनाकर्ताहरू र प्रादेशिक भक्स पप शैली सिर्जनाकर्ताहरूको लागि उपयुक्त तालिमको साथ गलत/भ्रामक सूचनालाई प्रभावकारी रूपमा पहिचान गर्न र काउन्टर गर्न आवश्यक सीपहरू प्रदान गर्दछ।

आर्थिक सहयोग

व्याख्यात्मक भिडियो सामग्री सिर्जनाकर्ताहरूले $ ३,000 को अनुदान प्राप्त गर्नेछन्, जबकि प्रादेशिक भिडियो सामग्री सिर्जनाकर्ताहरूले उनीहरूको सामग्री उत्पादनलाई समर्थन गर्न $ १,५00 प्राप्त गर्नेछन्। यस अनुदानले उत्पादन खर्च, उपकरण, र व्यवस्थापकीय सहयोगलाई समेट्नेछ।

परामर्श र मार्गदर्शन

प्रत्येक भिडियो सामग्री सिर्जनाकर्ताले अनुभवी पेशेवरहरूबाट मार्गदर्शन प्राप्त गर्नेछन्, जसले सामग्री सिर्जना प्रक्रियामा प्रभावकारी कथा प्रस्तुत गर्न मार्गदर्शन र प्रतिक्रिया प्रदान गर्नेछ ।

दृश्यता वृद्धि र आत्म-विकास

कार्यक्रमको अवधिमा उत्पादित सामग्री विभिन्न सामाजिक संजालहरुमा प्रस्तुत गरिनेछ, जसले सहभागीहरूको समुदाय र राष्ट्रिय स्तरमा दृश्यता बढाउनेछ। यसले उनीहरूको सन्देशलाई विस्तार गर्न र सामग्री सिर्जनाकर्ताहरूको रूपमा विश्वसनीयता निर्माण गर्न मद्दत गर्दछ।

सञ्जाल निर्माणका अवसरहरू

सहभागीहरूले कार्यशालाहरु, पहुँच कार्यक्रमहरु, र स्क्रीनिङहरू मार्फत अन्य सामग्री सिर्जनाकर्ता, सञ्चारकर्मी, र प्रभावशाली व्यक्तिहरूसँग अन्तरक्रिया गर्नेछन्, जसले उनीहरूको व्यावसायिक सञ्जाललाई विस्तार गर्न र सहकार्यको सम्भावनालाई प्रोत्साहित गर्नेछ।

सांस्कृतिक सान्दर्भिकता र प्रभाव

सिर्जनाकर्ताहरूले स्थानिय दर्शकहरूसँग मेल खाने भिडियो सामग्री विकास गर्नेछन्, जसले प्रमुख गलत/भ्रामक सूचनाका विषयहरूलाई सांस्कृतिक रूपमा सान्दर्भिक तरिकामा सम्बोधन गर्नेछ, जसले एक सुदृढ र सूचित समाज निर्माणमा योगदान दिनेछ।

कसरी आवेदन दिने?top right arrow

इच्छुक उम्मेद्वारहरूले आवेदन फारम भर्नुपर्छ र सकेसम्म पूर्ण रूपमा प्रश्नहरूको जवाफ दिनुपर्छ। चयन समितिले सबै आवेदनहरूलाई ध्यानपूर्वक समीक्षा गर्नेछ र अर्को चरणहरूमा अगाडि बढ्नका लागि छानिएका उम्मेद्वारहरूलाई सम्पर्क गर्नेछ।

पूर्ण आवेदन फारम

आवेदन फारमलाई राम्रोसँग भर्नुहोस्।

आवेदन समीक्षा

चयन समितिले सबै आवेदनहरूको समीक्षा गर्नेछ।

अर्को चरणहरूको लागि सम्पर्क्

चयन गरिएका सहभागीहरूलाई थप चरणहरूको लागि सम्पर्क गरिनेछ।

प्रायः सोधिने प्रश्नहरू (Frequently Asked Questions)

आवेदन समयरेखा

आवेदन खुल्ने मिति:२२ कात्तिक २०८१, बिहीबार

आवेदनको अन्तिम मिति: १५ मंसिर २०८१, शनिबार

सम्पर्क

थप जानकारीको लागि सम्पर्क गर्नुहोस्:

थप विवरणको लागि आवेदन निर्देशिका र प्रायः सोधिने प्रश्नहरू पढ्नुहोस् ।

i icon

नोट: आवेदकहरूलाई यहाँ सबै प्रश्नहरू मार्फत जानुहोस्, उत्तरहरू अलग-अलग तयार गर्नुहोस् र सम्भव भएसम्म सही र पूर्ण रूपमा फारम पूरा गर्न प्रोत्साहित गरिन्छ। कृपया ध्यान दिनुहोस् कि फारम प्रगतिमा बचत गर्न सकिँदैन, त्यसैले हामी सबै आवश्यक सामग्रीहरू तयार राख्न र एकै बैठकमा फारम पूरा गर्न सिफारिस गर्दछौं।

संयुक्त रूपमा सुरु गरिएको

yilab

YI Lab Bootcamp 2025

is being implemented and managed by Youth Innovation Lab

© 2025 Youth Innovations Lab